नेपालमा हुने सबै अन्तराष्ट्रिय सभासम्मेलन स्थगित

काठमाडाैं— नेपाल सरकारले नेपालमा आयोजना गर्ने सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा आयोजना हुने भनिएका सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

नेपाल कोरोनाको उच्च जोखिममा भएको र स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्थगन गरिएको मन्त्री ज्ञवालीको भनाई छ ।

अप्रिल २ देखि ४ सम्म आयोजना गर्ने भनिएको जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहससम्बन्धी कार्यक्रम सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरिएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १६:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया