बलात्कार आरोपी सिद्धबाबाले गरे अदालतमा आत्मसमर्पण

विराटनगर— आफ्नै अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका आफूलाई सिद्धबाबा भन्ने कृष्णबहादुर गिरीले अदालतमा आत्मसमर्पण गरेका छन् । 

केही समयअघि उनी भारत भागेका थिए । 

मंगलबार उनले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका हुन् । 

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भएको छ । 

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।





  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १२:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया