फेरि बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड

काठमाडौं— नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार सात सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार चार सय रुपैयाँ पुगेको छ । 

२३ फागुनमा एकै दिन सुनको मूल्य १८ सयले बढेको थियो । त्यसयता केही दिनसम्म सुनको मूल्य स्थिर देखिएको थियो । 

सुनको मूल्य बढे पनि चाँदीको मूल्य यसअघिको भन्दा १० रुपैयाँ प्रतितोला घटेको छ । अब यो सँगै चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय कोरोना संक्रमणका कारण सुनको मूल्य बढेको बताइएको छ । कोरोना भाइरस संक्रमणका कारण विश्वभरको अर्थतन्त्र सुस्त भएको छ ।
 





  • प्रकाशित मिति : फागुन २७, २०७६ मंगलबार ११:५८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया