फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई पनि काेराेना भाइरस संक्रमण आश‌ंका

एजेन्सी– युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पनि काेराेना भाइरस संक्रमण भएकाे आश‌ंका छ । अहिले उनी क्वारेन्टाइनमा छन् ।

इटालियन सिरी ए क्लब युभेन्ट्सका डिफेन्डर डेनिएललाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनी पनि क्वारेन्टाइनमा गएका हुन् ।

टिममेट डेनिएललाई कोरोना भाइरसको संक्रमण देखिएको सयमदेखि रोनाल्डो इटालीबाट बाहिर गएका छैनन् । पोर्चुगली स्टार खेलाडी आफ्ना टिममेट डेनिएलसँगै इन्टर मिलानको खेलपछिको सेलिब्रेसनमा थिए ।

युभेन्ट्सले आइतबार इन्टर मिलानसँग बन्द रंगशालामा प्रतियोगितामो सबैभन्दा महत्त्वपूर्ण खेल खेलेको थियो । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १८:१६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया