सिभिल बैंकले सुरु गर्‍याे टाेखामा नयाँ शाखा

काठमाडाैं– सिभिल बैंकले काठमाडौंको टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे । 

बैंकको टोखा शाखा उद्घाटन गर्दै श्रेष्ठले बैंकको शाखा स्थापनासँगै ऐतिहासिक नगरी टोखाको वित्तीय पहुँच वृद्धि गर्नका साथै वित्तीय स्तर बढाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले व्यापार व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरणलाई प्रोत्साहन गरेकामा बैंकलाई धन्यवाद व्यक्त गरे । उनले उक्त क्षेत्रका बासिन्दालाई आवश्यक पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखेर निर्धक्क ब्याज आर्जन गर्न आग्रह गरे । 

बैंकका अध्यक्ष इच्छाराज तामाङले बैंक आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताबिना आर्थिक समृद्धि सम्भब नहुने बताए । 

सोही अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण समेत हस्तान्तरण गरेको छ । यस्तै बैंकले टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको सफाई समेत गरेको छ ।





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १९:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया