कोरोना भाइरसबारे प्रधानमन्त्री ओलीले नेपालीसँग गरेका आठ आग्रह

काठमाडौं– विश्वमा सन्त्रासको माहोल बनाएको कोरोना भाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गरे । सम्बोधनमा उनले नेपाली मनोबल उच्च रहेको स्मरण पनि गराए । 

आफू अस्पताल जानु पहिले नै यस विषयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा टिम बनाएको, त्यसले काम गर्न थालिसकेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् । 

यही सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीसँग आठ आग्रह गरेका छन् । 

ती हुन्ः 

  •  सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
  •  भीडभाडबाट टाढै रहनु होस्,
  •  सकेसम्म घरमै बस्नुहोस्,
  • अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,
  •  हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
  •  चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
  •  धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
  •  सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् । 
     





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १८:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया