चैत्र मसान्तसम्मका लागि कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन

काठमाडौं– नेपाली कांग्रेसले चैत्र मसान्तसम्मका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई स्थगन गरेको छ । कांग्रेका ​प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

एवं ​सूचना, सञ्चार एवं प्रचार विभाग प्रमुख समेत रहेका शर्माले नेपाली कांग्रेसले चैत्र मसान्तसम्मलाई क्रियाशील वितरण र नवीकरण स्थगन गर्दै सचेतना अभियानमा सक्रिय हुने जानकारी गराएका छन् ।

शर्माका अनुसार ​प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठूला भेला र सम्मेलन यसअघि नै स्थगित गरिएको भएपनि चौधौँ महाधिवेशन तयारीसँग सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएको थियो । तर, पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागू हुनेगरी ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएको छ ।

त्यसैगरी सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियानमा पार्टीपक्तिको क्रियाशीलता भने सतर्कतापूर्वक विविध ढंगले जारी रहने उल्लेख गर्दै उनले ​यसका लागि जिल्ला, क्षेत्र, गाउँ–नगरका कांग्रेस कार्यत्रर्तालाई विभिन्न दल, समुदाय र स्वास्थकर्मीसँग आवश्यक समन्वय गरी स्वयंसेवीको भूमिका निभाउन आग्रह गरेका छन् । 

कांग्रेसले सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिने र आवश्यकताअनुसार केन्द्रीय कार्यालय खुला राख्ने भएको छ । 





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १४:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया