सोमबार इटालीमा कोरोना भाइरसका कारण ६०२ जनाको मृत्यु, नियन्त्रणमा आउँदैछ संक्रमण

एजेन्सी– समाचार एजेन्सी रोयटर्सका अनुसार इटालीमा सोमबार कोरोना भाइरस संक्रमणका कारण ६०२ जनाको मृत्यु भएको छ । यसका साथसाथै इटालीमा मृत्यु हुनेको संख्या ६०२८ पुगेको छ ।

तर, बिर्सनु हुँदैन, यसअघि इटालीमा प्रत्येक दिन योभन्दा धेरै जनाको मृत्यु भइरहेको थियो । 

गत शनिबार इटालीमा एकै दिनमा कोरोनाका कारण ७९३ जनाको मृत्यु भएको थियो । आइतबार यो घटेर ६५१ पुगेको थियो । अब सोमबार यो झन् घटेर ६०२ पुगेको छ । 

मृत्युमा मात्र होइन, इटालीमा नयाँ संक्रमणमा पनि कमी आएको छ ।

उता, अमेरिकामा कोरोना भाइरसको संक्रमण ३५ हजार मानिसमा भेटिइसकेको छ । त्यहाँ अहिलेसम्म ४९५ जनाको मृत्यु भएको छ । पूरै विश्वमा अब कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ४ सय पुगेको छ ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार ०:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया