क्याट्रिना कैफले इन्स्टामा भाँडा माझेको भिडियो राखेपछि...

एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफ सामाजिक सन्जालमा निकै सक्रिय छिन् । कोरोना भाइरसका कारण उनी अहिले सेल्फ आइसोलेसनमा छिन् । अनि यो समयमा पनि उनले सामाजिक सन्जाललाई चाहिँ चटक्कै छोडेकी छैनन् । 

उनले आफूले कसरी समय बिताइरहेको छु भन्नेबारे लेखेकी छिन् । अहिले त उनले इन्स्टाग्राममा एउटा भिडियो राखेकी छिन्, जसलाई लिएर उनका प्रशंसक निकै खुसी भएका छन् ।

यो भिडियोमा क्याट्रिनाले भाँडा माझेकी छिन् । उनले घरमा काम गर्नेहरुलाई कोरोना भाइरसका कारण छुट्टी दिएको र आफैं भाँडा माझ्न थालेको बताएकी छिन् । 

भाँडा माझिरहेको यो भिडियो राखेपछि उनका फ्यानहरु निकै ठूलो अचम्ममा परेका छन् । अधिकांशले उनको प्रशंसा नै गरेका छन् ।

  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार ३:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया