लकडाउनमा बाहिर निस्कनेलाई दक्षिण अफ्रिकी प्रहरीले पिट्न थाल्यो

एजेन्सी– पछिल्लो समय कोरोना भाइरसका कारण हुने रोग कोभिड १९ को रोकथाम तथा संक्रमण फैलिन नदिन विभिन्न देशहरुले लकडाउनको घोषणा गरेका छन् । 

योसँगै प्रहरीले ती देशहरुमा बाहिर निस्किएका मानिसहरुमाथि विभिन्न कारवाही पनि बढाएको छ । नेपालमा पनि केही दिनअघि लकडाउनमा बाहिर निस्किएका युवाहरुलाई प्रहरीले कुटेको, लाठी प्रहार गरेको, उठबस गर्न लगाएको तथा मुर्गा बनाएका समाचार आएका थिए । 

त्यस्तै, भारतबाट पनि यस्ता दृश्यहरुले सामाजिक सन्जालमा निकै स्पेस पाएका थिए । सामाजिक सन्जालमा मात्र होइन, मिडियामा पनि यी विषयमा निकै समाचार आए । 

अब, दक्षिण अफ्रिकाका पनि यस्तै दृश्य अहिले सामाजिक सन्जाल तथा अन्तर्राष्ट्रिय मिडियामा छाउन थालेका छन् । दक्षिण अफ्रिकाले पनि कोरोना रोकथामका लागि ३ साता लामो लकडाउन घोषणा गरेको छ । योसँगै त्यहाँका प्रहरी र सेना सडकमा बाक्लो नम्बरमा देखिन थालेको छ । अनि उनीहरुले लकडाउनको अवज्ञा गर्नेहरुलाई सडकमा नै समाउने तथा लाठी प्रहार गर्न थालेका छन् । 





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया