मेरो किरानाबाट एनआईसी एशिया बैंककोे डिजिटल सेवा प्रयोग गरि सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किराना अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म १० प्रतिशतसम्म रकम फिर्ता हुने भएको छ । बैंक र मेरो किरानाबीच सम्झौता भएअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने ईकमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले यो सुविधा पाउनेछन् । 

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्ने सम्झौता भएको बैंकले जनाएको छ । यो योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको पनि बैंकले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १४:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया