काेराेना भाइरसबारे अझै पनि अनुत्तरित ५ गम्भीर विषय

त्यसो त कोरोना भाइरस केही अगाडि नै मानिसमा देखिएको हुनसक्छ, तर विश्वले यसबारे चासो गत डिसेम्बरबाट मात्र दिन थाल्यो । चीनको वुहानमा पहिलो पटक देखिएको यो भाइरसबारे अहिले वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् । तर, अझै पनि कोरोना भाइरसबारे केही प्रश्नहरु अनुत्तरित छन् ।

त्यस्ता अनुत्तरित नौ विषयः

 

कति मानिस संक्रमित भएका छन् ?

यो अत्यन्त सामान्य प्रश्न हो । अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या जुन आइरहेको छ, त्यो अनुमानित संख्या मात्र हो । अनि परीक्षण गरिएको संख्या मात्र हो । 

तर, यो भाइरस संक्रमण भएर पनि कुनै लक्षण नदेखिएका मानिसहरुको संख्या अझ ठूलो हुनसक्ने अनुमान गरिएको छ । यसबारे अहिलेसम्म कसैले ध्यान दिएको देखिँदैन । त्यसैले कोरोना संक्रमितको खास संख्या अहिले तत्काल थाहा नभएको धेरैले अनुमान गरेका छन् ।



 

कति खतरानक छ यो ?



अहिले के अनुमान गरिएको छ भने भाइरस संक्रमण भएपछि १ प्रतिशत मानिसको मृत्यु भएको छ । तर, कति मानिस यो भाइरस संक्रमित भएका छन् त भन्ने विषयमा अझै धेरै थाहा भइसकेको छैन । त्यसैले अहिले तत्काल यो भाइरस कति खतरानक छ भन्ने अनुमान पनि गर्न सकिँदैन ।

 

के के लक्षण देखिन्छन् ?

अहिले अहिले ज्वरो र सुख्खा खोकीलाई कोरोना भाइरस संक्रमण पछिको लक्षण भनिएको छ । केही ठाउँमा टाउको दुख्ने तथा पखालालाई पनि यो भाइरस संक्रमणको कारण हुनसक्ने बताइएको छ । 

कतिपय ठाउँमा रुघाखोकी पनि यसका लक्षण देखिएका छन् । तर, यसको पूरै लक्षण कस्तो हुन्छ भन्ने अहिलेसम्म खुलेको छैन ।

 

कहाँबाट आएको हो त यो भाइरस ? 

सन् २०१९ को अन्त्यतिर यो भाइरस चीनको वुहानमा देखियो । यो भाइरसको लक्षण र चमेरोमा भएको भाइरसको लक्षण मिल्ने भएकाले यसलाई चमेरोबाट मानिसमा सरेको हुनसक्ने अनुमान गरिएको छ । तर, अहिलेसम्म यसबारे यकिन कुरा बाहिर आइसकेको छैन ।

 

फेरि निस्किने हो कि यो भाइरस ? 

यो भाइरसबारे अहिलेसम्म थाहा नभएको कुरा एक पटक संक्रमित भइसकेको व्यक्तिमा फेरि लक्षण देखिन्छ कि देखिँदैन भन्ने हो । यसबारे पनि अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । 

  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार ६:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया