सरकारलाई प्रदीप पौडेलका आठ सुझाब

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारलाई आठबुँदे सुझाब दिएका छन् । युवा नेता पौडेलले आइतबार बिहान सामाजिक सञ्जाल फसबुकमार्फत कोरोना भाइरसको महामारीबाट जोगिन सरकारलाई सुझाब दिएका हुन् । 

लकडाउनबाट उत्पन्न विषम परिस्थितिमा संवेदनशील भई तत्काल राहत कार्यक्रम घोषणा गर्न आग्रह गर्दै पौडेलले सरकारलाई दिएका आठ सुझाब यस्ता छन् 

१) कोभिड–१९ संक्रमित पहिचान गर्न र संक्रमण भएका नागरिकको स्वास्थ्य सुरक्षामा संवदेनशीलता देखाइयोस् । तत्काल परिक्षणको क्षमता बृद्धि गर्न आवश्यक ब्यवस्था गरियोस् । सातै प्रदेशमा परिक्षणको व्यवस्था तत्काल गरियोस् । स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरण, परिक्षण उपकरण, स्वास्थ बिमा उपलब्ध गराइयोस् ।

२) न्यून आय भएका गरिब, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र साना तथा सामान्य व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगद वा आवश्यक खाद्य सामग्री वितरण गर्ने व्यवस्था तत्काल गरी कार्यान्वयनमा ल्याइयोस् ।

३) व्यवसायीहरूमार्फत नै दैनिक उपभोग्य बस्तुको सहज र सुपथ मूल्यमा उपलब्ध गराउने सुनिश्चितता गरी नियमित अनुगमनको समेत ब्यबस्था गरियोस् र भ्रष्टाचार, कालोबजारी साथै कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याइयोस् ।

४) स्वास्थ्य उपकरणहरु खरिद गर्दा पारदर्शिता कायम गरियोस् ।



५) यस समयमा खटिने अत्यावश्यक सेवाका कर्मचारी, सुरक्षा निकायलगायतका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ बिमा गरी काम गर्न अझ प्रोत्साहन गरियोस् । 

६) नेपाल राष्ट्र बैंकले व्याज दर कटौती गर्दै ऋणको सावाँ तथा व्याज भुक्तानी गर्ने समय तीन महिना थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइयोस् ।



७) नागरिकलाई बैंकिङ, बिमा लगायत पूँजी बजारमा अनलाइन कारोबार तथा भुक्तानी प्रणालीको विकास गरी त्यस्तो कारोबार निःशुल्क हुने व्यवस्था तत्काल मिलाइयोस् ।

८) व्यवसायीले चैत मसान्तसम्म बुझाउनु पर्ने अनुमानित आयको ७० प्रतिशत कर तथा सोको विवरण बुझाउने समय २०७७ असार मसान्तसम्म कायम गरियोस् ।

  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार १०:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया