भारतमा गृहमन्त्रालयले भन्यो– घरबेटीले यसपटक भाडा नलिनू

एजेन्सी– भारतको केन्द्रीय गृहमन्त्रायले आइतबार भारतमा भइरहेको कोरोना भाइरसका कारण लकडाउनबारे केही निर्देशनहरु दिएको छ । 

गृहमन्त्रालयले सबै राज्य तथा केन्द्र शासित प्रदेशमा आआफ्ना सीमा सिल गर्न निर्देशन दिएको छ । अनि त्यहाँका हाइवेहरुमा मानिसहरुको आवातजावत बन्द गर्न पनि गृहमन्त्रालयले निर्देशन दिएको छ ।

गृहमन्त्रालयले बाटोमा फँसेका मानिसहरुका लागि त्यही प्रदेश सरकारले खाने र बस्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

अनि साथसाथै त्यहाँको गृहमन्त्रालयले यस समयको तलब पनि मजदूरलाई दिनै पर्ने नियम ल्याएको छ । घरबेटीहरुका लागि पनि भारतीय गृहमन्न्त्रालयले नया नियम ल्याएको छ– लकडाउनको समयको भाडा नलिनू र कसैलाई पनि घर खाली गर्न नभन्नू !





  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार १८:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया