कोरोना महामारीबीच अभिनेता सरोज फर्किए आफ्नै देश– अमेरिका !

काठमाडौं– विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ । यस्तो समयमा विभिन्न देशले आफ्ना नागरिक आफ्नै देशमा फर्काइरहेका छन् । नेपालबाट पनि अष्ट्रेलिया, अमेरिका, बेलायतलगायतका देशले आफ्ना नागरिक देश लगिरहेका छन् । 

यस्तैमा, अमेरिकाले आफ्ना देशका नागरिकलाई फिर्ता लैजान थालेको छ । उसले आफ्नो देशका नागरिक लैजाने समूहमा नेपाली अभिनेता सरोज खनाल पनि अमेरिका गएका छन् । 

केही समयअघि अब नेपालमा नै बस्ने भन्दै अभिव्यक्ति दिएका थिए, खनालले । केही समयअघि नेपाल आएपछि आफ्नै व्यापार पनि सुरु गरेका खनाल यो महामारीमा चाहिँ अमेरिका उडेका छन् । 

खासमा उनी केही अघि नै अमेरिका जाने तयारीमा थिए । नातिनीको पास्नीका लागि अमेरिका जाने तयारी गरिरहेका खनाल कोरोनाविरुद्ध लकडाउन भएपछि नेपालमा नै रोकिएका थिए । तर, जब अमेरिकी दूतावासले आफ्ना नागरिकलाई फिर्ता लैजाने प्रक्रिया सुरु गर्यो, सरोजले पनि त्यही विमानमा अमेरिका जाने सोच बनाए । 

फलस्वरुपः खनाल अमेरिका उडेका छन् । 

सरोज अमेरिकी ग्रिन कार्ड होल्डर हुन् । उनको परिवार अहिले पनि अमेरिकामा नै छ ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १४:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया