कोरोना कोषका लागि नेपाल लाइफले हस्तान्तरण गर्‍यो १ करोडको चेक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले यसअघि निर्णय गरेअनुसार कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले सो चेक हस्तान्तरण गरेका हुन् । 

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए । यस सहयोगसँगै सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र संक्रमण फैलिन नदिन नेपाल लाइफ प्रतिबद्ध रहेको पनि उनले बताए । 





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १८:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया