भारतकी फिल्म तथा टिभी प्रोड्युसर एकता कपुर ज्योतिषमा निकै विश्वास राख्थिन् । यही कारणले उनको हातका सबै औंलामा औंठीहरु लगाइएका हुन्थे । तर, अब यो कोरोनाभाइरस महामारी र लकडाउनका कारण उनको ज्योतिषमाथिको विश्वास टुटेको आभास गर्न सकिन्छ ।
किनकि उनले इन्स्टामा एउटा भिडियो सेयर गरेकी छिन् । अनि त्यो भिडियोमा उनको औंलामा एउटै पनि औंठी देखिएको छैन । अनि यो भिडियोमा उनका प्रशंसकले पनि उनीमाथि यस्तै आशयका साथ कमेन्ट गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।