युरोपेली मुलुकले लगे नेपलामा अड्एिका आफ्ना नागरिक
साङ्केतिक तस्वीर

काठमाडौं– नेपाल सरकारले बारम्बार विदेशमा रहेका आफ्ना नागरिकलाई विदेशमा नै बस्न उर्दी जारी गर्दै आएको छ । अझ, भारतीय सीमामा रोकिएका नेपालीलाई नेपाल ल्याउनेबारे पनि नेपाल सरकार उदासीन भइरहेको छ । 

यो कार्यलाई सरकारका केही मन्त्रीहरुले नेपालले पनि विदेशी नागरिकलाई राखिरहेको तर्क गरेका छन् । 

तर, लकडाउन भएयता नेपालमा रहेका कम्तिमा पनि पाँच हजार विदेशी नागरिकलाई उनीहरुका देशले विमान चार्टड गरेर फर्काइरहेका छन् । 

यही सिलसिलामा बुधबार दुई चार्टर्ड विमानले त्रिभुवन विमानस्थलबाट उडान भरेका छन् । विमानस्थल कार्यालयले जनाएअनुसार बुधबार जर्मनी र बेलायतले आफ्ना नागरिकलाई नेपालबाट लगेका हुन् । 

बेलायतको टीटान एयरवेजले २५२ जना र जर्मनीले चार्टर्ड गरेको कतार एयरवेले २ सय ८२ जना आफ्ना नागरिकलाई लिएर बुधबार त्रिभुवन विमानस्थलबाट उडान भरेका हुन् । यी दुई जहाजमा युरोपेली अन्य मुलुकका नागरिक पनि भएको बताइएको छ ।

क्यानडाले पनि नेपालमा रोकिएका आफ्ना नागरिकलाई छिट्टै देश लैजाँदैछ । अमेरिकाले केही दिनअघि मात्र एक उडानमार्फत् केही नागरिक लिएर गएको छ ।





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार १४:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया