बाग्लुङमा सुरु भयो र्‍यापिड टेस्ट

कोरोनाभाइरस संक्रमणका बिरामी भेटिएका गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा बिहिबारबाट द्रुत परीक्षण सुरु भएको छ । बाग्लुङमा अहिलेसम्म दुई जना कोरोना संक्रमित भेटिएका छन् । 

बाग्लुङकी ६५ वर्षीया संक्रमित भेटिएसँगै त्यो क्षेत्रमा उनीसँग सम्पर्कमा आएकाहरुको द्रुत परीक्षण सुरु भएको हो । अनि शुक्रबारबाट त्यहाँका अन्य स्थानीय तहमा पनि परीक्षण सुरु गर्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गैरेले बताएका छन् । 

यसका लागि बाग्लुङ, पर्वत र म्याग्दीका २५ जनस्वास्थ्य प्राविधिकलाई तालिम दिइएको छ । उनीहरुलाई तालिम दिन र परीक्षण सुरु गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेल नेतृत्वको टोली बुधबार आवश्यक किटसहित बाग्लुङ पुगेको छ । अब बाग्लुङमा १ वैशाखसम्ममा जिल्लामा द्रुत परीक्षण गरिने जनाइएको छ ।





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार १५:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया