उपत्यकामा ४२ हजारले लकडाउन उल्लघंन गरे, काठमाडौं अगाडि, थरीथरीका उल्लंघनकर्ता

काठमाडौं– कोरोनाभाइरस कहरका कारण विश्वका विभिन्न देशले लकडाउनको आह्वान गरिएका छन् । कुनै देशमा अब लकडाउन सुरु भएको एक महिना भइसकेको छ भने कुनै देशमा पहिलो चरणको लकडाउन सकिएपछि सरकारले त्यसलाई बढाएका छन् । 

नेपालमा पनि सुरुमा एक साताका लागि लकडाउन आह्वान गरिएको थियो । तर, कोरोनाभाइरस संक्रमण रोकथामका लागि सबैभन्दा राम्रो विकल्प नै लकडाउन भएको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको अवधि थपिरहेको छ । अब ३ वैशाखसम्म नेपालमा लकडाउन हुँदैछ । त्यसपछि पनि लकडाउन लम्बिन सक्ने अनुमान बलियो छ । 

सरकारले विश्व महामारी बनेको कोभिड १९ को रोकथामका लागि लकडाउन आह्वान गरे पनि अनेक वाहना बनाएर उपत्यकामा यसलाई उल्लघंन गर्नेहरुको संख्या कमी छैन । 

प्रहरीका अनुसार लकडाउनका यी तीन सातामा काठमाडौं उपत्यकामा मात्रै ४२ हजारले लकडाउन उल्लघंन गरेका छन् । यसरी लकडाउन उल्लघंन गर्नेहरु धेरै काठमाडौं जिल्लाका छन् । काठमाडौंमा मात्रै अहिलेसम्म ३७ हजारले लकडाउन उल्लघंन गरेको पाइएको छ 

उनीहरुलाई प्रहरीले पक्राउ गरेर सामान्य सोधपुछ गरेर छोडेको छ ।

ललितपुरमा ३ हजार र भक्तपुरमा आठ सयभन्दा धेरैले लकडाउन उल्लघंन गरेका छन् । 



प्रहरीका अनुसार लकडाउन उल्लघंन गर्नेहरुले अनेक वाहना बनाएका हुन्छन् । यसमा सबैभन्दा धेरै मर्निङवाक र इभिनिङ वाकको बाहनामा बाहिर निस्किनेहरु छन् । अनि त्यसपछि तरकारी किन्नका लागि भनेर साँझ र विहानमा निस्कनेहरु पनि छन् । 

यीबाहेक अधिकांश रमितेहरुले अहिले लकडाउन उल्लघंन गरिरहेका छन् । उता, ललितपुरमा परिवारका सदस्यको मृत्यु भएको वाहना बनाएर लकडाउन उल्लघंन गर्ने पनि भेटिएका छन् । केही युवाले त बाबु मरेको भन्दै लकडाउन उल्लघंन गरेको भेटिएको पनि प्रहरीले जनाएको छ ।



लकडाउन उल्लघंन गरेर जथाभावी बाइकमा हिँड्नेलाई पनि प्रहरीले कारवाही गरेको छ । योबीचमा झन्डै ६ हजार मोटरसाइकल प्रहरीले लकडाउन उल्लघंन गरेको आरोपमा होल्ड गरेको बताएको छ ।

अनि कार चलाएर लकडाउन उल्लघंन गर्नेहरु पनि नभएका होइनन् । गाडी चलाएर लकडाउन उल्लघंन गर्नेहरु चाहिँ ६ सयको हाराहारीमा भएको प्रहरी तथ्यांकले बताउँछ । 

  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार १५:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया