एजेन्सी– कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतमा २१ दिने लकडाउन आह्वान गरेको छ । तर, त्यहाँ यो लकडाउन उल्लंघन गर्ने मानिसहरुको कमी भएको चाहिँ छैन । त्यहाँको गृहमन्त्रालयले यस विषयमा पत्र लेखेपछि कोलकातामा अब प्रहरीले ड्रोनको माध्यमबाट लकडाउन उल्लंघन गर्नेको निगरानी गर्ने भएको छ ।
पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले यसबारे शनिबार घोषणा गरेकी थिइन् ।
सबैभन्दा धेरै लकडाउन उल्लंघन गरेको गुनासो आएको ठाउँमा यो प्रविधि प्रयोग गरिएको बिबिसीको हिन्दी संस्करणमा उल्लेख गरिएको छ ।
त्यहाँका एक प्रहरी अधिकारीलाई बिबिसीले उद्धृत गरेको छ, ‘ड्रोनबाट हामीले भिडियो लिएर ती क्षेत्रहरुमा निगरानी गर्न लागेका हौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।