लकडाउन खोल्न दबाब दिन अमेरिकामा प्रदर्शन बढ्दो

एजेन्सी– अमेरिकाका विभिन्न प्रदेशहरुमा प्रदर्शनहरु बढ्न थालेका छन् । यस्ता प्रदर्शनको एउटै उद्देश्य रहेको छ– त्यहाँका प्रान्तीय सरकारहरुले आह्वान गरेको लकडाउनहरु अब खोलियोस् । 

कोरोनभाइरस संक्रमण रोकथामका लागि अमेरिकाको केन्द्रीय सरकारले लकडाउन नलगाए पनि त्यहाँका विभिन्न राज्यमा लकडाउनजस्तै अभ्यास गरिएको छ । यसलाई विरोध गर्दै प्रदर्शनकारीहरु अब सडकमा देखिन थालिएका हुन् ।

आइतबार एरिजोना, कोलोराडो, मोन्टाना, वासिङटनलगायतका राज्यहरुमा प्रदर्शनकारीहरुले प्लेकार्ड बोकेर सडकमा देखिएका छन् ।

अमेरिकामा कोरोनभाइरस संक्रमितको संख्या बढ्दै गए पनि यस्ता प्रदर्शनहरु पनि बढिरहेका छन् । 

अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस्ता प्रदर्शनकारीहरुलाई समर्थन गरिरहेका छन् । पछिल्लो समय कोरोनभाइरसको इपिसेन्टर बनेको छ, अमेरिका । त्यहाँ अहिलेसम्म ७ लाख ३५ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् भने कोभिड १९ का कारण ४० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : वैशाख ८, २०७७ साेमबार १५:११:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया