‘छिट्टै क्रिकेट खेलाउने सोच्न सकिँदैन’

एजेन्सी– कोरोनाभाइरस कारण अहिले विश्वमा खेलकुदका प्रतियोगिताहरु धमाधम स्थगित भइरहेका छन् । कतिपय त रद्द नै पनि भएका छन् । यहीबीच भारतको सबैभन्दा ठूलो घरेलू क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) पनि अनिश्चितकालका लागि स्थगित भइसकेको छ ।

उता, जर्मनीमा प्रिमियर फुटबल लिग बुन्डेसलिगा चाहिँ मेमा खेलाउने भइएको छ । तर, यसमा दर्शकहरु स्टेडियममा जान पाउने छैनन् । खाली स्टेडियममा बुन्डेसलिगा खेलाउन खोजिएको हो ।

अब भारतमा आइपिएल चाहिँ कहिले होला भन्ने प्रश्न पनि उठ्न थालेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुलीले चाहिँ तत्काल आइपिएल खेलाउन नसकिने बताएका छन् । उनले भनेका छन्, ‘तत्काल वा छिट्टै क्रिकेट खेलाउने सोच्न सकिँदैन ।’

टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा सौरभले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले युरोप र भारतीय समाज फरक भएकाले पनि यसबारे सोच्न नसकिने बताएका छन् ।





  • प्रकाशित मिति : वैशाख १०, २०७७ बुधबार १४:३१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया