नेकपा विवादले जनता निराश : महरा

काठमाडौं– यौनदुराचारको आरोपपछि राजीनामा गरेका पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले जनता निराश भएको बताएका छन् ।

नेकपाभित्रको अन्तरकलह उत्कर्षमा पुगेका वेला विज्ञप्ति जारी गर्दै महराले कोरोनाका कारण मुलुक आक्रान्त बनेका बेला दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनु राम्रो नभएको बताएका छन् । 

महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको उलेख गर्दै उनले अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको बताएका छन् । 

‘हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो,’ विज्ञप्तिमा उनले लेखेका छन्, ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादले आमजनता निरास बनेका छन् ।’ 

यस्तो जटिल अवस्थामा दलहरूबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न नसकिने भनदै उनले दलहरूबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न अपिल गरेका छन् । 
 





  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ११:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया