नेपालमा रेडियोकी पहिलो गायिका तथा कांग्रेस नेतृ रानुदेवीको निधन

काठमाडौं– रेडियो नेपालकी पहिलो महिला गायिका तथा नेपाली कांग्रेसकी नेतृ रानुदेवी अधिकारीको निधन भएको छ । सन् १९३६ मा विराटनगरमा जन्मिएकी रानुदेवीले क्रान्तिकारी गीत गाएकी छिन् । 

उनको सानैदेखि कोइराला परिवारसँग संगत थियो । नेपालमा कांग्रेसले गरिरहेको आन्दोलनको समयमा आफू पारिवारिक रुपमा नै कांग्रेसमा लागेको उनले बताएकी थिइन् । 

नेपालमा कांग्रेसले आन्दोलन गरिरहँदा जोगबनीमा कांग्रेस नेता तारिणीप्रसाद कोइरालाले सुरु गरेको रेडियोमा पहिलो पटक आफूले गीत गाएको उनले बताएकी थिइन् । 

उनले पछि अध्ययन गर्दा इन्टरमेडियट लेभलमा पनि संगीत पढेको उनले बताएकी छिन् । 

उनी कांग्रेस नेतृ नोना कोइरालाकी बहिनी हुन् । 
 





  • प्रकाशित मिति : वैशाख १९, २०७७ शुक्रबार ९:२४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया