नेपालगन्जमा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालमा अब कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार यसअघि १५ जना कोरोनाभाइरस संक्रमित भएको ठाउँ नेपालगन्जमा ७ जना संक्रमित थपिएका हुन् । 

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

मन्त्रालयले यी सात जनामा ४ जना महिला र ३ जना पुरुष रहेको पनि जनाएको छ । मन्त्रालयका अनुसार ९ वर्षीया बालिका, ३२, ३४ र ५५ वर्षका महिला तथा २०, ३० र ४० वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

यी सात जनामा कोरोनाभाइरस संक्रमण देखिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ पुगेको छ । यीमध्ये २३ जना त बाँके जिल्लामा मात्र भेटिएका हुन् । यीमध्ये १६ जनाले स्वास्थ्यलाभ गरेर घर फर्किइसकेका छन् । अन्य सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार ९:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया