मृत्युपछि पनि ऋषि कपुरले फिल्म खेल्ने !

बलिउड अभिनेता ऋषि कपुरको निधनले पूरै बलिउडमा ठूलो शोक उत्पन्न गरायो । उनको निधनका कारण उनले काम गरिरहेको फिल्म शर्माजी नमकीन पनि अधुरो नै रह्यो । 

तर, अब दुःखमा परेका ऋषिका प्रशंसकहरुलाई खुसीको खबर छ । निर्मार्ताहरुले उनको यो फिल्म पूरा गर्ने बताएका छन् । अनि यो फिल्ममा ऋषि कपुर नै खेल्नेछन् । 

फिल्ममा जुही चावला अर्को लिड रोलमा छिन् । 

यसलाई निर्माताहरुले भिएफएक्स प्रविधिबाट बनाउने बताएका छन् । फिल्मका निर्माता हनी त्रेहानले प्रविधिको प्रयोग गरेर मृत्यु पछि पनि ऋषिलाई नै फिल्ममा खेलाउने बताएका हुन् ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार १६:१८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया