कोरोनाको ‘हटस्पट’ उदयपुरमा लकडाउन खुकुलो बनाइँदै

उदयपुरमा लकडाउन खुकुलो बनाउने तयारी भएको छ । पछिल्लो समय नेपालमा कोरोनाभाइरसका सबैभन्दा बढी संक्रमित भेटिएको जिल्ला हो, उदयपुर । तर, आइतबार जिल्लामा बसेको समन्वय समितिको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । 

जिल्ला अझै कोरोनाभाइरसकोे उच्च जोखिममा रहेको ठहर गरे पनि जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको अध्यक्षतामा बसेको बैठकले दैनिक उपभोग्य वस्तु खरिद तथा बिक्रीमा कठिनाइ भएको ठहर गर्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

साथै, बैठकले कोरोना संक्रमण, नियन्त्रण र रोकथामका लागि पीसीआर विधिबाट हुने नमूना परीक्षणको दायरा बढाउन प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।

बैठकमा उपस्थित स्थानीय तहका प्रमुखले लकडाउन खुकुलो बनाउन दवाब भएकाले यो लकडाउन खुकुलो बनाइएको बताइएको छ ।





  • प्रकाशित मिति : वैशाख २८, २०७७ आइतबार २०:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया