त्रिशुली र मस्र्याङ्दी नदीले बगाएर दुई जना आइतबार बेपत्ता भएका छन्। गण्डकी गाउँपालिका–१ पाङ्खोलाका १४ वर्षीय बिकास चेपाङ माछा मार्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए। बेपत्ता बालक आफ्ना बाबु सँग माछा मार्न गएका थिए।
शहिद लखन गाउँपालिका– ३ भुवनीटारस्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बाग्लुङ जिल्ला बरेनडाँडा गाउँपालिका–१ का १९ वर्षिया कृष्णबहादुर पुन मगर पनि बेपत्ता भएका छन्। बेपत्ता भएकाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।