कोरोनाको भ्याक्सिन बन्ने कुनै ग्यारेन्टी छैनः बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बन्ने कुनै ग्यारेन्टी नभएको बताएका छन् । 

सोमबार दैनिक हुने प्रेस ब्रिफिङमा उपस्थित भएका बोरिसले अहिले नै कोरोनाभाइरस भ्याक्सिन बन्नेबारे कुनै निश्चितता नभएको बताएका हुन् । उनलाई बिफ्रिङमा कोरोनाभाइरस भ्याक्सिन बन्ने सम्भावना कति छ भनेर प्रश्न सोधिएको थियो । 

प्रश्नको जवाफमा उनले भने, ‘कुनै तरिकाबाट यसको ग्यारेन्टी छैन ।’

अनि उनले थपे, ‘सार्सको भ्याक्सिन १८ वर्षसम्म पनि बन्न सकेको छैन ।’





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार १:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया