ट्रम्पको रुखो स्वभावः पत्रकारलाई दिए यस्तो जवाफ (भिडिओ)

अमेरिकी राष्ट्रपति कार्यालयमा सोमबार भएको पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रुखो स्वरुप देखाएका छन् । 

उनले अमेरिकामा अरु देशको तुलनामा निकै धेरै कोरोनाभाइरस परीक्षण भएको अभिव्यक्ति दिएपछि सिबिएस समाचारकी पत्रकार वेइजिया जियाङले उनलाई प्रश्न सोधिन्, ‘दैनिक संक्रमित भेटिएका छन्, सयौँको मृत्यु भएको छ । तर, तपाईंलाई परीक्षण नै धेरै भइरहेको किन लाग्छ ?’

ट्रम्पले सुरुमा उनको प्रश्न बेवास्ता गर्न खोजे । अनि जवाफ दिए– यो प्रश्न चीनलाई गर्नु । 

जियाङले ट्रम्पलाई फेरि सोधिन्– किन ममाथि सधैं यस्तो ? 

त्यसपछि ट्रम्पले पत्रकारहरुको प्रश्न लिनै छोडिदिए । अर्की एक पत्रकारलाई पनि उनले अघि किन रेस्पोन्ड नगरेको भन्दै जवाफ दिएनन् । अनि धन्यवाद भनेर उनी फर्किए । 

ट्रम्पले यसअघि पनि जियाङलाई यस्तै गर्ने गरेका थिए ।





  • प्रकाशित मिति : वैशाख ३०, २०७७ मंगलबार ६:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया