कर्णालीका मुख्यमन्त्रीको मागियो राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । भ्रष्टाचारका आरोपितहरुलाई समर्थन गरेको र उनीहरुलाई सघाएको भन्दै मुख्यमन्त्री शाहीको राजीनामा माग गरिएको हो । कालिकोट निर्वाचन क्षेत्र प्रदेशसभा खका जनतालै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

पछिल्ला केही दिनयता कालिकोटमा दैनिक मुख्यमन्त्रीको विरोधमा प्रदर्शन भइरहेका छन् । त्यहाँका स्थानीयले पलाँता गाउँपालिकाका नौमध्ये आठ वडा कार्यालयहरुमा तालाबन्दी समेत गरिदिएका छन् । 

२७ वैशाखामा कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक निर्माण योजनामा डोजर चलाउन खोजेपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का गाउँपालिका अध्यक्ष बिष्णुबहादुर रोकाया र वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर भण्डारीले त्यसको प्रतिवाद गरेका थिए । डोजर जनताको मागअनुसार चलाउनु पर्ने, नभए सडकमा डोजर लगाउन नपाइने भन्दै नेकपा गाउँपालिका अध्यक्ष रोकाय र वडाध्यक्ष भण्डारी विरोधमा उत्रिएपछि झडपसमेत भएको थियो ।

घटना भएको भोलिपल्ट जुम्ला हुँदै कालीकोट पुगेका मुख्यमन्त्री शाहीले जिल्ला कार्य समितिका सदस्यहरूसँग छलफलसमेत गरेका थिए । उक्त छलफलमा मुख्यमन्त्री शाहीले गाउँपालिकाका अध्यक्ष बमको समर्थन गर्दै नेकपाका गाउँपालिका अध्यक्ष रोकाया र वडाध्यक्ष भण्डारीलाई पार्टीबाट निलम्बन गरेर छानबिन समिति बनाउने प्रस्ताव गरेका थिए । 





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १३:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया