प्रेमीसँग मिलेर प्रेम विवाह गरेका श्रीमान्‌काे हत्या!

विराटनगरका औषधी व्यवसायीको हत्यामा उनकी श्रीमती नै संलग्न भएको खुलेको छ । औषधी व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको आइतबार विहान विराटनगरको मधुमारामा हत्या भएको थियो ।

विराटनगरमा औषधी पसल चलाउँदै आएका दुलालको हत्यामा उनकी श्रीमती ३३ वर्षकी मीना श्रेष्ठ दुलाल र उनका प्रेमी २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ । 

यी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुलालमाथि शनिबार राति सुतेको समयमा आक्रमण गरेको देखिन्छ । प्रहरीका अनुसार उनी अचेत भएपछि श्रीमतीले उनका साथीभाइ बोलाएका थिए । तर, उनलाई अस्पताल पुर्याउँदा उनको निधन भइसकेको थियो ।

प्रहरीले दुलालको निधानमा चोट भएको र घाँटीमा निलडाम भएको पनि बताएको छ ।

शनिबार राति दुलाल र उनकी श्रीमती छुट्टाछुट्टै कोठामा सुतेको र सुतेको समयमा नै उनको हत्या भएको प्रहरीले जनाएको छ । सुनसरी खनारका दुलाल र श्रेष्ठको प्रेम विवाह भएको थियो । उनीहरुका एक छोरा पनि छन् । 



तर, दुलालले केही दिनअघि मात्र आफ्नी श्रीमती श्रेष्ठको साहसँग अवैध सम्बन्ध रहेको थाहा पाएका थिए ।

नेपालमा पछिल्लो समय विवाहेत्तर सम्बन्धका कारण बढ्ने अपराध निकै बढेका छन् । गत वर्षमात्र भक्तपुरमा एक महिलाले प्रेमीसँगको सम्बन्ध थाहा पाएकाले आफ्नै आमाको हत्या गरेकी थिइन् ।



  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार ९:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया