लकडाउनमा मात्र कन्चनपुरमा १८ जनाले गरे आत्महत्या

देश कोरोना महामारीविरुद्ध लडिरहँदा कन्चनपुरमा चाहिँ आत्महत्याका घटनामा निकै वृद्धि भएको छ । 

कोरोनाभाइरस संक्रमितमध्ये एकले कोरोना जिते पनि कन्चनपुरमा अर्को ठूलो समस्या देखिएको छ– आत्महत्या । कन्चनपुरमा ११ चैत यतामात्र १८ जनाले आत्महत्या गरेका छन् ।

११ चैत यता त्यहाँ अन्य दुईले पनि आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेहरु चाहिँ १४ वर्षदेखि ५० वर्षसम्मका रहेका छन् । 

आत्महत्या गरेकामध्ये ७ जना पुरुष र ११ जना महिला छन् । यीमध्ये ६ जनाले विष सेवन गरेर र १२ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् । 





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार ३:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया