क्वारेन्टाइनमा रहेका २१० भारतीयलाई भारत पठाइयाे

वीरगञ्ज महानगरपालिकामा रहेको ठाकुराम क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएकासहित २१० जना भारतीय नागरिकलाई भारततर्फ पठाइएको छ । करिब डेढ महिनादेखि ठाकुरराम क्याम्पस क्वारेन्टाइनमा रहेकासहित २१० भारतीय नागरिकलाई मङ्गलबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको जिम्मा लगाई भारत पठाइएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको नेपाली टोलीले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रतिनिधिलाई क्वारेन्टाइनमा बसेका ती भारतीय नागरिकहरूको जिम्मा लगाएका हुन् ।

ठाकुराम क्याम्पसको क्वारेन्टाइनमा रहेका ८९ जना, २५ जना भारतीय जमाती, आफ्ना आफन्तहरूकोमा आश्रय लिई बसेका ९६ जना गरी २१० जनालाई भारततर्फ पठाइएको ग्रिन सिटी सामुदायिक संस्था आर्दशनगरका अध्यक्ष प्रकाश खेतानले बताएका छन्।

वीरगञ्जको एकीकृत जाँच चौकी भन्सारमा ती २१० जना भारतीय नागरिक लिन तीनवटा बस आएका थिए भने एकीकृत जाँच चौकी भन्सारसम्म लैजान एक निजी विद्यालयको बस ल्याइएको थियो ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार ०:८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया