विश्वभर करिब ५० लाख कोरोनाभाइरस संक्रमित

कोरोनाभाइरस संक्रमितको एकै दिनमा आएको सबैभन्दा बढी उछालसँगै अब विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या पाँच लाख पुगेको छ ।

जोन्स हप्किङ्स विश्वविद्यालयकाअनुसार अब विश्वभर ४९ लाख ९५ हजार ७ सय १२ जनाभन्दा बढीमा कोरोनाभाइरस संक्रमण भइसकेको छ । त्यस्तै, कोभिड १९ का कारण ३ लाख २८ हजार ९५ जनाले ज्यान गुमाएका छन् ।

तर, विश्वभर विभिन्न देशमा फरक किसिमको परीक्षण वा कम परीक्षणका कारण यो तथ्यांक अझ बढी हुनसक्ने बताइएको छ ।

नेपालमा पनि अब कोरोनाभाइरस संक्रमितको संख्या ४४४ पुगेको छ । नेपालमा कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाले ज्यान गुमाएका छन् । 
 





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार ८:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया