कतारमा कोरोनाभाइरस संक्रमण आप्रवासी मजदुरहरूमा नेपालीहरु दोस्रो नम्बरमा आएका छन् । त्यहाँ ६ हजारभन्दा धेरै नेपाली कामदारलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कतारमा ६ हजार ९ सय ११ नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको छ । एक नेपालीले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
कतारमा अहिलेसम्म सबैभन्दा धेरै भारतीय मूलका कामदारहरु संक्रमित भएका छन् ।
भारतीय कामदार ११ हजार १८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यस्तै, बंगलादेशी ५ हजार ५ सय ८९ जनामा, पाकिस्तानी २ हजार ३ सय १० मा, फिलिपिनो एक हजार ५ सय ३६ जनामा कोभिड १९ संक्रमण भएको छ । कतारकै चाहिँ १५ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै कतारमा अब ३६ हजारमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
कतार सरकारले नेपाली र कतारी नागरिकबीच उपचारमा चाहिँ कुनै विभेद गरेको छैन ।
कतारमा अहिलेसम्म १९ जनाले कोभिड १९ का कारण ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।