चीनबाट नेपाल आउँदैछ ३९० टन सामाग्री बोकेको रेल
प्रतिकात्मक तस्वीर

चीनको लान्झोउबाट नेपालका सामाग्री लिएको एक कार्गो रेल शुक्रबार नेपालका लागि छुटेको छ । यो रेल अब लान्झोउ अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहबाट नेपालका लागि आउन लागेको हो । 

चिनियाँ सन्चारमाध्यमले जनाएअनुसार यो रेल तिब्बतको सिगात्सेसम्म आउँदैछ । त्यहाँबटा सडकमार्गबाट ट्रकमा ती सामान नेपाल ल्याइनेछ । 

गत वर्ष नेपाल र चीनबीच हिमालयपार व्यापार तथा पारवहन सम्झौता भएको थियो । त्यही सम्झौताअनुसार यो रेल पहिलो पटक नेपालका लागि छुटेको हो ।

रेलमा आएका सामाग्री नेपाल आइपुग्न १० दिन लाग्ने चाइना न्युजले उल्लेख गरेको छ । 

यो रेलमा २६ व्यापारिक समूहका १३ लाख अमेरिकी डलर बराबरका सामान छन् । यसमा लत्ताकपडा, जुत्ता, अटो पार्ट्स तथा निर्माण सामाग्री भएको जनाइएको छ । अब सिगात्सेबाट यो रेलमा आएका सामान केरुङ र तातोपानी हुँदै नेपाल आइपुग्नेछन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार ५:२८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया