बाँके र बर्दियामा आइतबार अबेर साँझ थपिए ५ कोरोनाभाइरस संक्रमित

बाँके र बर्दियामा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

दाङमा गरिएको परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिस्तार कैलाशप्रसाद देवले दिएको जनाकारीअनुसार बर्दियामा २५ वर्षका युवामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

बाँकेमा चाहिँ राप्ती सोनारी गाउँपालिकाका ४ पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको हो । उनीहरु १६, २३, २३ र २४ वर्षका भएको जानकारी देवले दिएका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६०८ पुगेको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १९:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया