कोरोनाभाइरसः भारतमा संक्रमितको उछाल

भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमितको संख्यामा ठूलो उछाल आएको छ । पछिल्ला २४ घन्टामा मात्र ६ हजार ५ सय ६६ जना नयाँ संक्रमित भेटिएपछि भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ५८ हजारभन्दा धेरै भएको छ । 

साथै, पछिल्लो २४ घन्टामा भारतमा १ सय ९४ जनाको पनि कोभिड १९ का कारण मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या ८६ हजार १ सय १० जना रहेको छ । त्यहाँ ६७ हजार ६ सय ९२ जना निको भएका छन् । 

अब भारतमा कोभिड १९ का मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३१ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा मात्र ५६ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १०:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया