कोरोनाः ३४ वर्षका सेना र उनकी आमाको लियो ज्यान

अमेरिकामा एक ३४ वर्षका सैनिक जवान सिमोनले कोभिड १९ का कारण ज्यान गुमाए । अब उनकी आमाले पनि यो महामारीलाई जित्न सकिनन् । ७० वर्षीया उनकी आमाको पनि यही महामारीका कारण ज्यान गएको छ ।

अमेरिकाको एरिजोनामा जन्मिएका सिमोन र उनकी आमा बितेपछि अब घरमा उनी श्रीमती र ११ महिनाकी छोरी छिन् । 

स्थानीय मिडियाले यसलाई निकै चासो दिएको छ । सिमोनका बाबुको पनि उनी सानै छँदा देहान्त भएको थियो ।

उनको परिवारले उनले केवल ८ दिन मात्र कोरोनासँग लड्न पाएको बताएका छन् । खासमा सिमोन आफ्नी आमालाई कोरोनाभाइरस लागेपछि अस्पतालमा भर्ना गर्न गएका थिए । त्यहाँ नै उनलाई संक्रमण भएको थियो ।

उनलाई सुरुका तीन दिन अत्यन्त हल्का लक्षण देखिएको परिवारले जनाएका छन् । तर, सेनामा भए पनि र स्वास्थ्य भए पनि उनको अवस्था निकै छिटो बिग्रिएको उनकी बहिनीले बताएकी छिन् । 

त्यसैले उनकी बहिनीले सन्देश दिएकी छिन्– कोभिड १९ वा कोरोनाभाइरसलाई कसैले पनि खेलाँचीका रुपमा नलिनू !





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १४:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया