भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अबको क्रिकेट कस्तो हुनेछ भन्ने आफूलाई पनि थाहा नभएको बताएका छन् । कोरोना संकटका अहिले पूरै विश्वमा खेलकुदका गतिविधि रोकिएका छन् । विराटले अब यो महामारी सकिएपछि क्रिकेट पहिले जस्तै खेलिने वा नखेलिने भन्नेमा शंका भएको बताएका छन् ।
सामाजिक सन्जाल इन्स्टाग्राममा स्पिनर रविचन्द्रन अश्विनसँग एक लाइभ कुराकानी गर्दा विराटले यस्तो बताएका हुन् ।
‘मलाई थाहा छैन अब अगाडि के हुन्छ,’ उनले भनेका छन्, ‘मलाई यो सोचेर अचम्म लागेको छ कि खेल्ने समयमा अब साथीसँग ताली बजाइन्छ कि पहिले जस्तै अंकमाल गरिन्छ, हात जोड्ने कि पछाडि हट्ने, अब के गर्ने ?’
उनले यस्तो सुन्दा अचम्म लाग्ने भए पनि कुनै औषधी नबनिसक्दा यस्तो हुने सम्भावना बढी भएको बताएका हुन् ।
उनले यी नयाँ परिवर्तनले खेल प्रेमीहरुलाई चिन्तित बनाउने निश्चित भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘हामी सबैलाई यो अचम्म लाग्ला तर यो अब जीवनको महत्वपूर्ण हिस्सा भइसकेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।