गण्डकीमा थपिए एक महिलासहित १६ काेराेनाभाइरस संक्रमित

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । पर्वतमा ४ जना, बाग्लुङमा १० जना र स्याङ्जा तथा म्याग्दीमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पर्वतमा कोरोनाभाइरस संक्रमित भेटिएको यो पहिलो पटक हो । 

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा। शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार १०:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया