कोरोनाविरुद्ध नेपालमा बनिरहेको औषधी, डब्लूएचओको चासो

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमण अहिले विश्वका लागि ठूलो संकटको विषय बनेको छ । कोरोना कहरका कारण विश्वभरका देशमा समस्या देखिएको मात्र छैन, कतिपय जीवनहरु थप समस्यामा पर्न थालेका छन् । 

यो महामारी सुरु भएसँगै बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र चीनलगायतका देशमा ठूलो संकट देखियो । अनि यी देशमा पनि कोरोनाभाइरसको औैषधीको विषयमा अनुसन्धान गर्ने काम सुरु भयो । 

तर, अहिलेसम्म कुनै पनि देशले यो अनुसन्धानमा सफलता पाउन सकेका छैनन् । अहिलेसम्म कोरोनाभाइरसको औषधी तथा भ्याक्सिन बनेको छैन । यसबीच विश्वभर कम्तिमा पनि ७० भन्दा बढी औषधीको विषयमा रिसर्च चाहिँ भइरहेको छ । 

यहीबीच नेपालको हेटौंडामा रहेको त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थानमा पनि कोरोनाभाइरसविरुद्ध औषधी निर्माण गरिएको विषय बाहिर आएको छ । अनि यो विकासमा अब विश्व स्वास्थ्य संगठनले पनि चासो दिएको छ ।

अध्ययन संस्थानका प्राडा ललितकुमार दासका अनुसार नेपालमा निर्माण गरिएको भनिएको यो औषधीबारे स्वास्थ्य संगठनले बिहीबार चासो दिएको हो । बिहीबार संगठनले विश्वभरका ७३ देशका विभिन्न प्रतिनिधिसँग यो औषधीबारे भिडियो कन्फ्रेन्समा कुराकानी गरेको थियो । त्यही विषयमा नेपालसँग पनि स्वास्थ्य संगठनले कुराकानी गरेको हो ।

प्राडा दासका अनुसार यसरबारे डब्लूएचओले चासो दिएको हो । 



यसअघि नेपालले डब्लूएचओमा नेपालमा कोरोनाविरुद्ध बनिरहेको औषधीबारे लिखित जानकारी पठाइएको थियो ।

अब यो औषधीबारे पहिले नेपालमा नै परीक्षण गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र यस विषयमा डब्लूएचओले यसको क्लिनिकल ट्रायलका लागि अनुमति दिनेछ । 



  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १९:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया