आइतबारबाट मालपाेत कार्यालय खुल्ने

बन्द रहेका देशभरका सबै मालपोत कार्यालय आइतबारदेखि खुल्ने भएका छन् । पछिल्लोपटक थपिएको लकडाउन अवधि नसकिँदै सरकारले भूमिसुधार र मालपोत कार्यालय भने खोल्न लागेको हो । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि सबै भूमिसुधार र मालपोत कार्यालय खोलिने जनाएको छ । 

विभागले कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउँदै आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सञ्चालन गर्न लागेको जनाएको छ । कार्यालयमा हाजिर हुन प्रमुखलाई अनिवार्य गरिएको छ भने अन्य कर्मचारीहरूलाई प्रमुखले आवश्यकताअनुसार उपस्थित गराउने विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १९:५३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया