मोनाको क्वारेन्टिनमा हनिमुन

बलिउड टिभी अभिनेत्री मोना सिंह पछिल्लो पटक वेब सिरिज कहने को हमसफरका कारण चर्चामा छिन् । गत वर्ष डिसेम्बरमा श्याम राजगोपालसँग विवाह गरेकी मोनाले अब लकडाउनका कारण आफ्नो वैवाहिक जीवन कस्तो भएको छ भन्नेबारे चर्चा गरेकी छिन् ।

मोनाले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘हामीले एकअर्कासँग राम्रोसँग समय बिताउन पाएका छौँ ।’

उनले अनि थपेकी छिन्, ‘हाम्रो अहिले क्वारेन्टाइन हनिमुन चलिरहेको छ । त्यसैले हामी घरमा नै पिजा र पास्ता बनाएर खाइरहेका छौँ ।’ उनको अनुभवलाई अहिले भारतमा निकै रुचाइएको छ ।





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार ८:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया