राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले ल्याउँदैछः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको विषयमा कसैले पनि नराम्रो टिकाटिप्पणी गर्न नहुने बताएका छन् । 

उनले आफ्ना विगतहरुलाई कोट्याउँदै हिजो पनि विशेष अवस्थामा कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरु प्रधानमन्त्री हुँदाको समय सम्झिँदै उनले अहिलेको अवस्थामा यसको विरोध गर्न नहुने बताएका हुन् । 

उनले भने, ‘खबरदार, राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले ल्याउँदैछ, यसमा कसैले चलखेल गर्न नखोजुन् ।’

उनले यस्ता राष्ट्रिय विषयमा सबैजना एकजुट भएर लाग्नु पर्ने पनि बताए ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १४:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया