सभामुखलाई राजेन्द्र महतोको प्रश्नः के भेदभाव गर्ने हाम्रो परम्परा हो ?

नेपालको संविधानको दोस्रो संशोधनका लागि अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।

यहीबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । 

त्यसपछि सम्बोधनका लागि सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई ड्यासमा बोलाए । तर, यसरी बोलाउँदा उनले समय निर्धारण गरे– १० मिनेट । 

यही कुरामा राजेन्द्र महतोले आपत्ति जनाए । उनले सभामुखलाई प्रश्न गरे– यसअघिका वक्तालाई कुनै समयसीमा नहुने, मलाई हुने किन हो ? 

यसमा सभामुख सापकोटाले जवाफ दिए– परम्परा यस्तै हो माननीयज्यू !

उनले यति के भनेका थिए, राजेन्द्र महतो कड्किए, ‘ए, भेदभाव गर्ने पो परम्परा हो । अझै भेदभाव गरिरहने हो सभामुख महोदय ?’



महतोले त्यसपछि आजको बैठक निकै महत्ववपूर्ण भएको भन्दै यसलाई समयसीमामा नराख्न अनुरोध पनि गरेका छन् । उनले नेपाली जनताले आफ्नो भूमिका लागि एकता देखाउनु ठिक भएको बताएका छन् ।



  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १४:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया