काेभिड १९ का लागि औषधि वितरण

कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो ।

बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिएका छ्न् । ज्ञवालीका अनुसार शनिबार अस्पतालका सञ्चालक माधव थापाले महासङ्घका अध्यक्ष भुवन कार्कीलाई औषधि हस्तान्तरण गरेका हुन् । महासङ्घले इच्छुक क्रियाशील पत्रकारहरूलाई यस्तो औषधि वितरण गर्नेछ ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ६:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया