लकडाउन सकिएको होइन, खुकुलो भएको होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि लगाएको लकडाउन नसकिएको बताएका छन् । लकडाउनलाई केही खुकुलो बनाएको तर यो नसकिएको उनले बताएका हुन् ।

वैकल्पिक शिक्षा प्रणालीको उद्घाटनका लागि शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सबै नेपालीलाई सचेत रहन आग्रह गरेका छन् । 

मनखुसी गरेमा परिवार र पूरै समाजमा समेत समस्या आउने भन्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन पनि अनुरोध गरेका छन् । 

अब विद्यार्थीको भविष्यको लागि रेडियो, टिभी तथा अनलाइनबाट कक्षाहरु सुरु गर्नु पर्ने अवस्था आएको पनि उनले बताएका छन् । आजको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसबाट सबै सचेत रहन अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ११:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया